हेटौँडा/ साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मुल्यमा वृद्वि आएको छ । हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको सुनचादीँ व्यवसायी महासघंले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १ हजार १ सय ८५ रुपैँयामा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २ सय ५ कायम गरिएको छ ।
सेयर गर्नुहोस्






















