जिल्ला प्रशासन कार्यालय हेटौँडामा अब आलोपालो प्रणालीमा सेवा

हेटौंडा टुडे
३१ श्रावण २०७८, आईतवार ११:५२

हेटौँडा/ कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा हेटौँडामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्दै आएको सेवामा आइतबारबाट आलोपालोको व्यवस्था गरेको छ ।

 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्ने सेवा प्रवाहमा परिवर्तन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

प्रतिलिपि नागरिकता र राहदानीका लागि आज आइतबार देखी भदौं ४ गते शुक्रबार सम्म समयसिमा तोकिएको छ भने नयाँ नागरिकताको लागि ७ गते सोमबारदेखी १२ गते शुक्रबार सम्म तोकिएको प्रजिअ पाण्डेले बताउनुभयो । शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापन लगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*