आजको मौसमः भारी वर्षाको सम्भावना, नदी आसपासका क्षेत्रमा बाढीको जोखिम

हेटौंडा टुडे
३१ श्रावण २०७८, आईतवार १२:०४

हेटौँडा / जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज (आइतबार) भारी वर्षाको संभावना रहेको बताएको छ ।मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै एक साता देशभर मनसुन सक्रिय हुने भएको छ ।

हाल देशको प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ ।

भारी वर्षासँगै पहाडी भू– भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको बुलेटिनमा उल्लेख छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*