
हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ६ स्थित वंशगोपाल माध्यमिक विद्यालय ९प्राविधिक शिक्षालय० ले सिभिल तथा सर्वे इंजिनियरिङ ३ बर्षे कोषमा भर्ना आवेदन खुला गरेको जनाएको छ ।
प्राविधिक शिक्षालयका संयोजक रविन पाठकले भर्ना खुला गरिसकिएको र भदौ १८ गतेसम्म योग्य र इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने जानकारी दिए ।
उनले कक्षा ११ मा साइन्स, एजुकेशन, म्यानेजमेन्ट र ह्युमानिटिजलगायतका संकायमा भर्ना आवेदन खुला गरिएको जानकारी दिए ।
सिटिइभिटीबाट मान्यता प्राप्त यस विद्यालयले एसईई पछि ३ बर्षे डिप्लोमा तहको सिभिल तथा जियोमेटिक्स सर्वे इन्जिनियरिङ अध्यापन गराउने पहिलो शिक्षालयको रुपमा रुपमा चिनाउन सफल भएको छ ।


सेयर गर्नुहोस्