
हेटौँडा/ शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुरका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । लगाताको बर्षका कारण राप्ती, मनहरी, लोथर, कर्रा, बागमती, बकैया लगाएतका नदीमा पानीको बहाव बढेपछि नदि किनारमा रहेका बस्तिका सर्वसाधरणहरुलाई सतर्क रहन आग्रह गरिएको छ । पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन स्थानिय तह तथा प्रहरी कार्यलयहरुमा खबर गरिसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।बर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपनि यो समाचार तयार पार्दासम्म कुनैपनि किसिमको जनधनको क्षतिको खबर नआएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

सेयर गर्नुहोस्