
हेटौँडा/ साताको पहिलो कारोबार दिन आइतवार प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव २६ अंकले घटेको हो। प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ हजार १७० दशमलव ६५ विन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको रू. ४ करोड ११ लाख ४४ हजार बराबरको भएको छ । प्रि ओपन सेसनमा कारोबारमा आएका ती कम्पनीहरुमध्ये ३९ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।
त्यसैगरी ३२ ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।


सेयर गर्नुहोस्