कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

हेटौंडा टुडे
२०७८ श्रावण ३१, आईतवार १४:०७ गते

हेटौँडा/ कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।

दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।

प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रकोइज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कारवाही गरिएको छैन । केहि दिनपछि विनामाई म्यानपावरले रोजगारदाता कम्पनीसँग श्रमिक पठाउने अनुमति माग्दा माग्दै सो मागपत्र अर्को म्यानपावरलाई दिएको देखिएको छ । रोजगारदाता कम्पनीले दूतावासमार्फत प्रमाणिकरण गरेर सोही डिमान्ड स्यारोन मेनपवारलाई पुनः ३४ श्रमिक पठाउन मागपत्र प्रमाणिकरण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*