हेटौँडा/ मकवानपुरमा संक्रमित बढेसगैँ कोरोनामुक्त हुने संख्यामा पनि वृद्वि भएको छ । मकवानपुरमा आइतबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या चार गुणाले वृद्वि भएको छ । मकवानपुरमा आईतबार १९ जनामा कोरोना पुष्टि हुदाँ ८९ जना कोरोनामुक्त भएका छन ।
पछिल्लो २४ घण्टामा होम आईसोलेशन र संस्थागत आईसोलेशनमा रहेका ८९ जना कोरोनामुक्त भएका हुन । कोरोना पुष्टि भई होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौँडाका ६६ जना,,थाहानगर २ जना मकवानपुरगढीमा ६ जना,बागमती भिमफेदी र राक्सिराङमा १।१ जना,बकैयामा ५ जना र मनहरीमा ७ गरी जम्मा ८९ जना आज कोरोना मुक्त भएका हुन।
आज कोरोना मुक्त हुने ८९ सँगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या१३ हजार ५ सय ७१ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्






















