मकवानपुरमा राप्ती खोलाले एकजना बगायो

हेटौंडा टुडे
२०७८ श्रावण ३१, आईतवार १७:४९ गते

हेटौँडा/ मकवानपुरको राप्ती खोलाले एक जनालाई बगाएको छ। मनहरी ९ ज्यामिरेमा राप्ती खोला तर्ने कम्रमा राक्सिराङ ३ लावती घर भई हाल मनहरी ८ सिमपानी बस्ने ४० बर्षीय हिरालाल वाइबालाई बगाएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

साथीहरुसँग च्याउ टिप्न खोलापारी गएका वाइवालाई आइतबार दिउँसो राप्तीले बगाएको थियो।उनका साथिहरु भने सकशल रहेको र वाइवाको खोजी कार्य भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*