
हेटौँडा/ मकवानपुर प्रहरीले विभिन्न अपराधमा सजाय भोगेका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध गाँजा, चेक अनादर, चोरी मुद्वामा फरार रहेका ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाश गा.पा. वडा नं. २ बस्ने २७ बर्षका दिल बहादुर नेगी, र कैलाश गा.पा. वडा नं. १ बस्ने बर्ष ३७ बर्षको पेमा योञ्जन चेक अनादर मुद्दामा फरार रहेका थिए । नेगीलाई एक हजार र योञ्जनलाई दुई हजार रुपैँया भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी आवस्यक कारवाहिको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको छ ।
लागुऔषध गाँजा मुद्दामा फरार प्रतिवादी रौतहट चन्द्रपुर न.पा. वडा नं. ३ बस्ने ३० बर्षको पुर्ण बहादुर गोलेलाई मिति २०७८।०४।३१ गते हे.उ.म.न.पा. वडा नं. २ बाट पक्राउ गरेको थियो । लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
यसैगरी चोरी मुद्दामा दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गा.पा.वडा नं. ८ घर भई मनहरी गा.पा. ९ बस्ने बर्ष १८ को राजिन्द्र मोक्तानलाइ मिति २०७८। ०४। ३१ गते मनहरी गा.पा. वडा नं. ९ बाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो । चोरी मुद्दामा १ बर्ष ४ महिना कैद र रु. बीस हजार जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । आवस्यक कारवाहिको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद तथा जरिवाना भुक्तानको लागी कारागार कार्यालय भिमफेदी पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

