हेटौँडा/ मकवानपुरमा आज कोरोना संक्रमण पुष्टि हुनेको संख्या कम रहेको छ । पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार आज जिल्लामा १ सय २७ जनाको पिसिआर र १ सय २३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ३७ जना र १२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म १४ हजार ३ सय १७ जनामा कोरोना पुष्टि भएको छ । भने १३ हजार ६ सय ८७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ ।
सेयर गर्नुहोस्






















