
हेटौँडा/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको छ ।
खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थानमा भर्न लगाउन अनुरोध गरेको सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
क्युआर कोडसहितको प्रमाणपत्र आवश्यक पर्नेले खोपसम्बन्धी स्वास्थ्य मन्त्रायलयको वेबसाइटमा गएर आफैं भर्न सक्ने र आफैं भर्न कठिन भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यसेवा विभागबाट निशुल्क सहयोग लिन सकिने सहप्रवक्ता अधिकारीले बताए ।


सेयर गर्नुहोस्