थाहामा कोरोना: जिल्लाको आधा संक्रमित थाहामा मात्रै

हेटौडा टुडे
३२ श्रावण २०७८, सोमबार १६:४३

हेटौँडा/ मकवानपुरमा कोरोना संक्रमित दर घट्दै गएपनि थाहानगरमा भने सिंगो जिल्लाको करिब आधा संक्रमित रहेका छन् ।

आइतबारसम्म मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४९८ जना रहेकोमा थाहानगरमा मात्रै २२३ जना रहेका छन् ।

जिल्लाभरका ४ सय ६२ जना होस आइसोलेसनमा छन्भने ३६ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये थाहानगरमा मात्रै ९ जना संस्थागत आइसोलेसनमा र १० जना विभिन्न अस्पतालहरुमा रिफर गरिएका छन् । अन्य २०४ जना होम आइसोलेसनमा छन् ।

आइतबारसम्म थाहा नगरपालिका १ मा ४१० जनामा कोरोना परिक्षण गरिएकोमा १९५ जना संक्रमित भेटिएका छन् । तीमध्ये १३९ जना निको, ३ जना मृत्यु भई हाल ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

२ नम्बर वडामा ३५७ जनामा परिक्षण गरिएकोमा १२९ जना संक्रमित रहेकामध्ये ११० जना निको, ३ जनाको मृत्यु भई हाल १६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, ३ नम्बर वडामा हालसम्म ५२३ जनाको परिक्षण गरिएकोमा १९२ जना संक्रमित भेटिएका छन् । तीमध्ये १३० जना निको, ४ जना मृत्यु भई हाल ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

४ नम्बर वडामा २७५ जनामा परिक्षण गरिएकोमा ८५ जना संक्रमित भई ५६ जना निको, २ को मृत्यु भई हाल २७ जना सक्रिय संक्रमित छन् ।

५ नम्बर वडामा १६३ जनाको परिक्षण गरिएकोमा ३१ जना संक्रमित भई २१ जना निको, १ मृत्यु भई हाल ९ जना सक्रिय संक्रमित रहेका छन् ।

६ नम्बर वडामा ४३१ जनामा परिक्षण गरिएकोमा १९५ जना संक्रमित भई १४७ जना निको, १ जना मृत्यु र हाल सक्रिय संक्रमित ४७ जना रहेका छन् ।

थाहानगर स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार वडा नं। ७ मा २३७ को परिक्षण गरिएकामध्ये ८२ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये सबै जना निको भएका छन्भने सो वडामा कोरोनाकै कारण कसैले मृत्युवरण हुनु परेको छैन ।

थाहा ८ मा २२१ जनामा परिक्षण गरिएको मध्ये ८० जनामा संक्रमण पुष्टि भएको थियो । त्यहाँ पनि सबै निको भइसकेका छन्भने कसैले पनि कोरोनाबाट मृत्युवरण गर्नु परेन ।

थाहा ९ मा ८० जनाको कोरोना परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भई १६ जना निको भइसकेका छन् हाल ३ जना सक्रिय संक्रमित छन् ।

१० नम्बरमा ६४ जनामा कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १० जना निको भई सकेका छन्भने ३ जना सक्रिय संक्रमित छन् ।

११ नम्बरमा १६६ जनामा कोरोना परिक्षण गरिएकोमा ६७ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये एक जनाको मृत्यु भई बाँकी सबै निको भएका छन् ।

१२ नम्बर वडामा ११८ जनाको परिक्षण भएकोमा २१ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १८ जना निको भई ३ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा हालसम्म कोरोना कारण हालसम्म १ सय ५५ जनाको मृत्यु भएको छभने थाहानगरमा मात्रै कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*