
हेटौँडा/ आज (सोमबार) भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र मकवानपुरले स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिक गोष्ठि आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक कार्यक्रम सम्पन्न गरेको छ । भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयको आयोजकत्वोमा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र हेटौडा उक्त कार्यक्रम समापन गरेको हो ।
कार्यक्रममा सम्बोधन गनुहुदैँ कार्यालय प्रमुख सुशील के.सीले प्रतिव्यक्ति पशुपन्छी उत्पादनको उपलब्धता अन्र्तगत रहेका कार्यक्रमहरु प्रदेश सरकारले गरिरहेको र बागमती प्रदेश सरकारले मासु, दुध, फुल र माछा लगायतमा वृद्धि गरिरहेको भएतापनि सेवा प्रहावमा कमि रहेको बताए । सेवा प्रवाहमा कमि हुनुको कारण कर्मचारी दरबन्दी कम भएको जसले गर्दा काम गर्न असहज भईरहेको पनि बताए ।
पशुपन्छिजन्य कार्यक्रमको बजेट २.६५ प्रतिशतमा पुजीँगत खर्चतर्फबाट पुजीँगत कार्यक्रममा ४ करोडको हाराहारीमा चालु कार्यक्रम अन्र्तगत ६ वटा on field तालिम सम्पन्न भएको थियो । केन्द्रले यस वर्ष ४ करोड ८४ लाखको बजेट अनुरुप काम गरिने बताउदैं केसीले चौमासिक रुपमा चरणबद्ध कार्यक्रम, तालिम गोष्ठी सहित केन्द्र आफैं उपस्थित भइ कृषक सँग विभिन्न पशुसँग सम्बन्धित कामहरु गरिने बताए ।
केन्द्रले पशु प्रजनन् सेवा कार्यक्रम, तथ्याङ्क संकलन, कृषि कर्जा, व्यवसायिक बंगुरपालन, बाख्रा, गाईभैंसीपालन लगायतका कार्यक्रमहरु रहेको बताए । मत्स्य क्षेत्रको विकास, जैविक सुरक्षा तथा फार्म सुदृढिकरण कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, पशुपन्छी रोग नियन्त्रण कार्यक्रम जस्ता कार्यक्रम समेत रहेको बताए ।
कार्यक्रमको अध्यक्षता गर्नुहुदैँ बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेम बहादुर पुलामी छितुङ्, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, थाहानगरपालिका मेयर लवशेर विष्ट, ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, गढी गाउँपालिका अध्यक्ष हर्कमाया रुम्बा, मकवानपुर पत्रकार महासघं अध्यक्ष मणिराज गौतम, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका पशु प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।
