मनहरीमा सामुदायिक आँखा केन्द्र नियमित संचालन हुने

हेटौंडा टुडे
१ भाद्र २०७८, मंगलवार १२:४७

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका र हेटौडा सामुदायिक आखाँ अस्पतालबीच सम्झौता भई नियमित रुपमा सामुदायिक आखाँ केन्द्र केन्द्र  सञ्चालन हुने भएको छ ।

यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले मनहरीमा नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आएको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीबिच सोमबार सामुदायिक आँखा केन्द्र सञ्चालनका लागी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आँखा केन्द्र सञ्चालनका लागि दुईजना कर्मचारीको खर्च सहित अन्य व्यवस्थापन खर्च मनहरी गाउँपालिकाले उपलव्ध गराउने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*