हेटौँडा/ मकवानपुरमा १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुको आर्थिक हैसियत स्थानीय तहको निर्वाचन अघिको तुलनामा अहिले अप्रत्याशित बृद्धि भएको भन्दै मकवानपुरका जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न जनप्रतिनिधिले नै माग गरेका छन् । गएको साउन ३१ गते हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै जनप्रतिनिधि र राजनीतिज्ञको सम्पत्ति छानविन गर्न माग गरे ।
उनले भने ‘ एक्कासी जनप्रतिनिधिहरु र राजनीति गर्नेहरुको आर्थिकस्तर कसरी बृद्धि भयो ?, न कुनै व्यापार व्यवसाय, न गतिलो काम नै गर्या छन्, अनि राजनीति गरेकै भरमा, जनप्रतिनिधि भएकै भरमा त्यसै सम्पत्ति आर्जन हुने त होइन । सम्पत्तिको स्रोत के हो त ?स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मेयर महतले जनप्रतिनिधि र राजनीतिज्ञ भ्रष्टाचारमा लिप्त भएको संकेत गरेका छन् ।’






















