हेटौँडा/ मकवानपुरमा कोरोना संक्रमित बढेसगैँ कोरोना निको हुनेको संख्यामा तेब्बरले वृद्वि भईरहेको छ । साताको तेस्रो दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुने बढेका छन ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मंगलबार १ सय १८ जनाको पिसिआर र २ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १८ जना र ११ जना गरी २९ जनामा कोरोना पुष्टि भएको जनाएको छ । भने पछिल्लो २४ घण्टामा ९२ जनाले कोरोना जितेका छन् ।
यसअघि सोमबार जिल्लामा ४९ जनामा कोरोना पुष्टि हुँदा १ सय १६ जनाले कोरोना जितेका थिए । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या बढे संगै सक्रिय संक्रमितको संख्या घटेको छ ।
सेयर गर्नुहोस्






















