पहिरोका कारण नौबिसे-नागढुंगा सडकखण्ड अवरुद्ध

हेटौंडा टुडे
२०७८ भाद्र २, बुधबार १०:५९ गते

हेटौँडा/ अविरल वर्षाका कारण पहिरो जादा नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।सवारी साधनको पनि लाम लागेको छ । सुख्खा पहिरोले अवरुद्ध सडकखण्ड सडक विभागको डोजरले खुलाउने प्रयास भइरहेको छ । । पहिरोले एउटा ट्रक पुरेको र यो समाचार तयार पर्दा सम्म पानी परिरहेकोले राजमार्ग दुई तर्फि नै बन्द रहेको छ।

सडकखण्ड अन्र्तगत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा,बाहुनडाँडा,सुरुङमार्ग लगायतका ठाउँका पहिरो जादा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङका प्रहरी निरीक्षक रुपा थापाले बताइन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*