
हेटौँडा/ बारामा पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परवानीपुर गाउँपालिका ४ मा ना ४ च ३४३२ नम्बरको पिकअप गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरचालकपर्साको वीरगन्ज महानगरपालिका १६ इनर्वाटोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका दुई किशोरीको सोही अस्पतालमै उपचार भइरहेको छ । फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्