मकवानपुरमा कोरोनाको कारण थप एक जनाको मृत्यु

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १४:५६

हेटौँडा/ मकवानपुरमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ६५ वर्षीय पुरुष रहेको छन । उनका अनुसार पुरुषमा साउन २७ गते कोरोना पुष्टि भएको र थप उपचारको लागि साउन २९ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*