मकवानपुरमा जोरबिजोर सवारीसाधन व्यापक, प्रशासन मौन

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १४:५९

हेटौँडा/ कोरोना संक्रमणको जोखिम उच्च रहेको अवस्थामा जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले स्वास्थ्य मापदण्डको पालना गर्दै जोरबिजोर प्रणालीमा सवारी संचालन गर्न अनुमति दिएपनि निजी तथा सार्वजनिक सवारीले संक्रमणको जोखिमलाई वेवास्था गर्दै जोरबिजोर प्रणालीको पालना गरेका छैनन् । अधिकाशं सवारी साधनहरुले भने अवज्ञा गर्दै मनलाग्दी ढङ्गले संचालन गरिरहेका छन् ।

हेटौंडा संगमचोक स्थित फुर्केचौर,छतिवन,राईगाउँ बसपार्क,कान्तिराजपथ स्थित साझा यातायात,चौकीटोल स्थित भीमफेदी तथा दामन पालुङ बसपार्क,हेटौंडा बसपार्क,टेप्पो तथा म्याजिक पार्कमा अधिकाशं सवारी साधनहरुले जोरबिजोर तथा स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् र प्रहरी प्रशासनले पनि उक्त मापदण्डको पालना भए नभएको चेक जाँच पनि गरेको छैन् ।

केहि स्थानमा प्रहरी चेकिङ टोलि रहे पनि सवारी चेकजाँच भने गरिएको छैन् । बुधबार आज बिहान पनि सवारी चेक जाँचको लागि हेटौंडाको क्याम्पाडाँडा,चौकीटोल,कान्तिराजपथ,सिमाचोक,जिल्ला प्रहरी कार्यलय अगाडी,थानाभयाङ क्षेत्रमा केहि प्रहरीको उपस्थिति रहेको थियो । तर चेक जाँच भने केहि स्थानमा मात्र देख्न सकिन्थो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*