फिचर लेखनको विजेतालाई पुरस्कार वितरण

हेटौंडा टुडे
२०७८ भाद्र २, बुधबार १५:१५ गते

हेटौँडा/ नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा सम्पन्न फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको छ । फिचर लेखन प्रतियोगितामा प्रमोद आर्याल प्रथम,भावना रिजाल द्धितीय र सुदिप शिवाकोटी तृतीय भएका छन।प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश नगद २५ हजार,१५ हजार र १० हजार प्रदान गरिएको हो । फिचर लेखनमा सहभागी श्रीराम दाहाल, नीशा गुरुङ, सम्झना रिजाल, सुनिता विष्ट, मसान उपासक, रञ्जिता डंगोल, प्रिया पौडेललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। उनीहरुलाई नगद ५ हजार प्रदान गरिएको थियो। विजेतालाई पुरस्कार समारोहका प्रमुख अतिथि एवम् बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, महासंघका पूर्व अध्यक्ष नवराज शर्माले लगायतले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए।

फिचर लेखन प्रतियोगिताका निर्णायकमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य,राममणी दाहाल र पत्रकार रामकुमार एलन रहेका थिए।पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*