सेयर बजारले फेरि बनायो रेकर्ड

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १५:३७

हेटौँडा/ साताको चौथो दिन बुधबार सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ। यस दिन परिसूचक ३२ सयनजिक पुगेको छ। आज ३८. २८ अंकले बढेर परिसूचक ३१९८ मा कायम भएको छ । यस दिन बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढे। ब्यापार समूह भने १५ अंकले घटेको छ।

२१ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमको रेकर्ड भने यसअघि आइतबार सबैभन्दा धेरै २१ अर्ब ६२ करोड रुपैयाँको बनेको थियो। ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो। गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*