जेटिई ब्राण्डका मोवाइल अब हेटौंडामा

हेटौडा टुडे
२ भाद्र २०७८, बुधबार १५:४७

हेटौँडा/ बुधबार एक कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय ब्राण्ड जेटिई कम्पनीले तीन वटा मोडलका मोवाइल विक्रीका लागि बजारमा ल्याएको छ । जेटिईका मोवाईल फोन अब बागमती प्रदेशको राजधानी हेटौंडामा पाइने भएको छ । हेटौंडाको लागि कम्पनीको आधिकारिक विक्रेता ओमशीव इन्टरप्राइजेजका सञ्चालक रन्जन श्रेष्ठले जेटिईका अहिले तीन वटा मोडल फोन सेट उपलब्ध रहेको बताए । उनका अनुसार ए ५१, ए ७१ र भी३० भिटा नामका मोडल मोवाइल उपलब्ध हुने बताएका छन् ।

टेलिकमको फोरजी इन्टरनेट चल्ने स्थानमा सबै मोवाइलमा चल्ने बताउदै उनले ए ५१ मोडलको फोन डबल क्यामेरा र फ्रिङ्गरप्रिन्ट सुविधा रहेको सेटलाई ११ हजार ४९० बजार मुल्य रहेको साथै ए ७१ मोवाइलको १५ हजार ९९९ र भी ३० भिटाको १७ हजार ९९० बजार मुल्य रहेको सञ्चालक श्रेष्ठले बताए ।

मोवाईल एसोसियसन अफ नेपाल (म्यान)मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख अतिथ्यतामा मोवाइल सार्वजानिक गरिएको थियो ।कार्यक्रममा म्यान मकवानपुरका अध्यक्ष दीनेश लामा, निवर्तमान अध्यक्ष एसीस रिजाल, मोवाईल डिलर एसोसियसनका अध्यक्ष रोहिणी प्रसाद गौतम, जेटिई मोवाईल कम्पनीका प्रतिनिधि शीवशंकर यादव, हेटौंडामा मोवाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*