अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम समापन

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १६:३१

हेटौँडा/ बागमती प्रदेश युवा परिषदको आयोजनामा भएको अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम समापन भएको छ । कार्यक्रममा दिवसको अवसरमा भएको ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा पहिलो हुने हेटौंडा-१३ का महेश मोक्तान, दोस्रो हुने प्रदेश प्रहरी कार्यालयका सुरेश साह र तेस्रो हुने एजिन राईलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रूपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, जिल्ला अध्यक्ष शिवहरी दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, परिषदका कार्यालय प्रमुख रमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*