गढी गाउँपालिकामा बुधबार थप १ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १७:१९

हेटौँडा/ मकवानपुरगढीमा बुधबार थप १ जनामा कोभिड संक्रमण देखिएको छ । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल ३ सय ५० जनामा संक्रमण देखा परिसकेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । आज बुधबार सम्ममा ३ सय १३ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् भने आजको दिनसम्ममा ३७ जना सक्रिय संक्रमित रहेका छन । जस मध्येमा संक्रमित मध्ये ३१ जना होमआईशोलेसन , ६ जना मक्रन्चुलिमा रहेको कोभिड अस्थाई अस्पतालमा उपचाररत रहेको छन। आज सम्म मकवानपुरगढी गाउँपालिका भरमा ५ जनाको मृत्यु भैइसकेको छ । आज मात्र १४ दिन पूरा गरि १ जना संक्रमणमुक्त भएको लामिछानेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*