
हेटौँडा /हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पशुपतिनगरमा रहेको हेटौँडा मोर्डन कलेजमा पहिलो पटक विज्ञान विषयमा पढाई शुरु हुने भएको छ । यसै शैक्षिक सत्र देखि विज्ञान र ब्यवस्थापन संकायमा प्लस टु पढाई हुने विद्यालयले जनाएको छ ।
उक्त कोर्सको अध्ययन गर्नका लागि भर्ना खुल्ला गरिसकेको र भदौ १७ गतेसम्म योग्य र ईच्छुक विद्यार्थीले आवेदन दिन सक्ने विद्यालयका प्लस टु को-अर्डिनेटर गोपाल तिवारीले जानकारी दिए । प्राविधिक शिक्षा अध्यापन गराउनको लागि छुट्टै र व्यवस्थित भवन रहेको र टाढाका विद्यार्थीहरुका लागि यातायातको पनि प्रबन्ध मिलाइएको तिवारीले बताउनु भयो ।
शिक्षालयमा उत्कृष्ठ ल्याब, आकर्षक कम्प्यूटर ल्याब स्थापना भइसकेको र अनुभवी प्रशिक्षकबाट कक्षा सञ्चालन, दक्ष तथा अत्याधुनिक मल्टिमिडियाबाट अध्यापन हुने भएको छ । अभिभावकहरुको चहाना र विद्यार्थीहरुको रोजाईलाई मध्यनजर गर्दै यसै वर्षबाट विज्ञान र ब्यवस्थापन बिषयको सुरुवात गरिएको प्लस टु कोअर्डिनेटर गोपाल तिवारीले हेटौँडा टुडेलाई जानकारी दिए ।
वि.सं. २०६० सालदेखि एस.एल.सी सुरुवात गरेको यस विद्यालयले हालसम्म उत्कृष्ठ नतिजा ल्याउन सफल भई यस विद्यालयले यस शैक्षिक सत्रबाट विज्ञान विषयमा अध्यापन गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुष्ण खतिवडाले बताए । विद्यालयमा अध्यापन गर्न रातोमाटे, चूरीयामाई, पदमपोखरी, कमाने, भोर्लेका विद्यार्थीहरु अध्ययन गर्न आउन सहज र सजिलो भएसगैँ बाहिरी जिल्लाहरु बारा, पर्सा, रौतहटका विद्यार्थीहरु पनि अध्ययन गर्न आउन सक्ने विश्वास लिईएको छ ।
हेटौँडाको मुटुमा अवस्थित उक्त शैक्षीक संस्थामा गरिब, विपन्न तथा असाय विद्यार्थीलाई मध्यनगरी बिशेष सहुलियतको ब्यवस्था गरीएको छ । शैक्षिक हव बनाउने मूल उद्देश्यका साथ सुरु गरीएको प्लस टु मा अन्य विद्यालयको तुलनामा यस विद्यालयमा विषेश छुटको व्यवस्था रहेको विद्यालयले जनाएको छ । उक्त कोर्स अध्ययनको लागि आवेदन फारम खुल्ला गरिएको विद्यालयले जनाएको छ ।
यो भिडियो हेर्नुहोस
https://www.facebook.com/Hetauda-Today-104296287587972/videos/1249496995502570

