मकवानपुरमा तीन फरार प्रतिवादी पक्राउ

हेटौंडा टुडे
३ भाद्र २०७८, बिहीबार १३:१०

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की, चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*