
हेटौँडा/ साताको अन्तिम दिन बिशिबार शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ । आज २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार निर्जीवन बीमा सूचक ३.२० प्रतिशत जीवन बीमा सूचक २.६४ प्रतिशतले बढेको छ । अन्य सूचक १.६८ प्रतिशतले बढ्दा ब्यापार र लघुवित्तको सूचक सामान्य मात्र बढेको छ ।

सेयर गर्नुहोस्