
हेटौँडा/ सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गाईजात्रामा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यसपालि देशभर गाईजात्रा मनाउन पाइने भएको हो । योसँगै लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।
भदौ ५ देखि ७ गतेसम्म लगातार तीन दिन सार्वजनिक बिदा परेको हो । भदौ ५ गते शनिबार सदावहार सार्वजनिक बिदा, भदौ ६ गते आइतबार रक्षाबन्धन र भदौ ७ गते सोमबार गाईजात्रा परेको हो ।
यद्यपि चाडपर्व बिदाहरु सावधानीपूर्वक मनाउन पनि सरकारले आह्वान गरेको छ । तर प्रशासनले नाम मात्रको निषेधाज्ञा लगाएकाले गर्दा स्वास्थ्य मापदण्ड फगत नाटक जस्तो मात्र भएको छ

सेयर गर्नुहोस्