हेटौँडा/ मकवानपुर प्रहरीले जारी निषेधामा मास्क नलगाई हिड्नेलाई जरिवाना सहितको कारबाही प्रक्रिया अगाडि बढाएसगैँ बिहिबार प्रहरीले हेटौंडा उपमहानगरपालिको विभिन्न स्थानमा खटिएको प्रहरीले मास्क नगाई हिड्ने ३२ जनालाई एक सय रुपैयाँ जरिवाना गरेको छ भने ३ सय ६६ थान मास्क वितरण गरेको जिल्ला प्रह्री कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्नको लागि मास्क प्रभावकारी रहेको छ । पछिल्लो दिनहरुमा बजार क्षेत्रमा मास्क लगाई हिड्नेको संख्यामा वृद्ध भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















