तोलामा ४०० ले बढ्यो सुनको मूल्य

हेटौडा टुडे
४ भाद्र २०७८, शुक्रबार १२:२८

हेटौँडा/ नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य बढेको छ । छापावाल सुनको मूल्य ४०० रुपैँयाले बढेको छ । बिहिबार सुनको मूल्य ९० हजार ८०० रुपैँयामा कारोबार भएको थियो भने आज प्रतितोला ९१ हजार २०० रुपैँयामा कारोबार हुने सुनचादीँ व्यवसायी महासघंले जनाएको छ । साथै आज तेजावी सुनको मूल्य ९० हजार ७०० रुपैँयामा कारोबार भएको थियो । हिजो तेजावी सुनको मूल्य ९० हजार ३०० रुपैँयामा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रुपैँयामा कारोबार हुने भएको छ । हिजो चाँदीको मूल्य १ हजार १८० रुपैँयमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*