काठमाडौँ/त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ। सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यसअघि विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने विभिन्न तहको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ।
सेयर गर्नुहोस्






















