
हेटौँडा/ नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेकाले मौसम सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसोः देशभर सामान्य बदली रहनेछ। केही स्थानहरूमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिः देशभर सामान्य बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।


सेयर गर्नुहोस्