हेटौँडा/ जापान सरकारले नेपाललाई अनुदानमा दिएको खोप नेपाल आईपुग्दै छ । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकोमध्ये सोमबार बाँकी करिब ६ लाख डोज खोप नेपाल आईपुग्न लागेको हो । खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सेयर गर्नुहोस्






















