हेटौँडा/ बिगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको ब्लु डायमण्ड सोसाईटीले सोमबार हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम आयोजना गरिएको छ । सोसाईटीले ‘राईट हियर राईट नाउ’को सहयोगमा हेटौँडा ११ सहिद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।
कोरोनाको जोखिमका कारण हरेक जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राईट हियर राईट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिएका छन् । गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकोले लैंगिक तथा अल्पसंख्यकको पहिचानको लागि पनि यो पर्व उचित भएको राईले बताए ।
सेयर गर्नुहोस्

















