मकवानपुरमा सोमबार ३ जनामा कोरोना पुष्टि

टुडे संवादाता
७ भाद्र २०७८, सोमबार १७:२०

हेटौँडा/सोमबार मकवानपुरमा ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३० जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ५ सय ७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार १ सय ७८ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मकवानपुरमा १ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५८ जनाको मृत्यु भएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*