सोमबार मकवानपुरमा मास्क नलगाउने १० जनाले तिरे जरिवाना

टुडे संवादाता
७ भाद्र २०७८, सोमबार १८:१५

हेटौँडा/मकवानपुर प्रहरीले सोमबार मास्क नलगाउने १० जनालाई कार्वाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको चेकिङ टोलीले मास्क नलगाउने १० जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

 

यस्तै हेटौँडाको विभिन्न स्थानमा ६४ थान मास्क वितरण गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*