मकवानपुर बहुमुखी क्याम्पसमा क्याम्पसका संस्थापक प्रमुखको शालिक बनाइने

हेटौंडा टुडे
८ भाद्र २०७८, मंगलवार १४:४४

हेटौँडा/ मकवानपुर जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठ सम्झनामा क्याम्पसको हाताभित्र अर्धकदको शालिक निर्माण गरिने भएको छ । क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले क्याम्पसको संस्थापक प्रमुख रहेर क्याम्पसको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै शालिक निर्माण गरिने  क्याम्पसका पुर्व विद्यार्थी अर्जुनप्रसाद चौलागाँईले बताए।श्रेष्ठले २०३७ सालमा स्थापना भएको क्याम्पसको २०४५ सालसम्म क्याम्पस प्रमुख रहेर काम गरेका थिए।श्रेष्ठको २०७२ सालको भूकम्पमा परी मृत्यु भएको छ।

शालिक निर्माणका लागि सोमबार बसेको क्याम्पसका पूर्वविद्यार्थी संगठनको बैठकले संगठनका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय शालिक निर्माण तथा अनुगमन समिति गठन गरिएको छ । शालिक निर्माण समितिको सचिवमा अर्जुनप्रसाद चौलागाई, कोषाध्यक्षमा माया पौडेल, सदस्यमा प्रताप विष्ट, विनोद रिजाल, ईन्द्रप्रसाद नेपाल, र प्रभाकर पाण्डे रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*