मकवानपुरमा मंगलबार ४३ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
८ भाद्र २०७८, मंगलवार १५:५५

हेटौँडा/ स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा कोरोना संक्रमितको संख्या ४३ रहेको छ। मकवानपुरमा पछिल्लो २४ घण्टामा १०९ जनाको पिसिआर बिधिबाट र ११६ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ३६ र एन्टिजेनबाट ७ गरी जम्मा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी आज मकवानपुरमा ४४ जना कोरोना मुक्त भएका छन। आज सबैभन्दा धेरै हेटौंडानगर भित्रका कोरोना मुक्त भएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*