
हेटौँडा/ हेटौंडा क्याम्पसका संस्थापन अध्यक्ष स्वर्गीय श्रीचन्द्र पौडेल शर्माको स्मृतिमा छात्रवृति कोष स्थापना गरिने भएको छ।
हेटौंडा क्याम्पसको स्थापनाकाल देखि निरन्तर २८ वर्षसम्म क्याम्पस संचालन समितिको अध्यक्ष रहि क्याम्पसलाई गरेको योगदानको कदर गर्दे उनको स्मृतिमा ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृति कोष’ स्थापना गरिने लागिएको हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताएका छन।
कोष १० लाख रकम बराबरको रहने,क्याम्पसको संचालक समितिको निर्णयले छात्रवृति कोषको कार्यविधि निर्माणको लागि क्याम्पसका प्राध्यापक अर्पण पराजुलीको संयोजगत्वमा ५ सदस्यीय समिति समेत गठन भईसकेको छ, क्याम्पस प्रमुख मानन्धरले भने।
मानन्धरले समितिको कार्यविधिले कति विद्यार्थीलाई छात्रवृति दिने मिल्ने भन्ने निर्क्यौल गर्ने र उक्त छात्रवृति क्याम्पसका विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने बताए। संस्थापक अध्यक्ष स्वर्गीय शर्माको २०७७ साल बैशाख २० गते निधन भएको थियो।

