हेटौंडा-१६ का वडा अध्यक्ष कोइरालाले गरे जस्तापाता सहयोग

हेटौंडा टुडे
८ भाद्र २०७८, मंगलवार १७:०५

हेटौँडा/ हेटौंडा-१६ घ्याम्पे टोल निवासी एकल महिला अनिता बिश्वकर्माले घरमा छाना छाउन नसक्दा वर्षाको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष रामकृष्ण कोइरालाले व्यक्तिगत ३० हजार रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेका हुन् । सहयोगी मन नेपालको सहजीकरणमा गरिएको जस्तापाता हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष कोइरालाले आफ्नो वडाका हरेक नागरिक खाना, नाना र छानाको अभावमा बस्न नपर्ने बताए ।

कार्यक्रममा सहयोगि मन नेपालका अध्यक्ष केदार चौलागाई, जनप्रिय मावि हटियाका व्यवस्थापन समितिका सदस्य रमेश ढकाल, सदस्य कृष्ण पनेरु, पिटिए अध्यक्ष गुणराज राना लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*