बुधबार सुनको मुल्यमा गिरावट

हेटौडा टुडे
९ भाद्र २०७८, बुधबार ११:३५

हेटौँडा/ साताको बुधबार सुनको मुल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको सुनचादीँ व्यवसायी महासघंले जनाएको छ । छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*