हेटौँडा/ मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण विरुद्धको पहिलो खोप लगाउने एक लाख ९ हजार छ सय १९ जना पुगेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछी धेरैले कोरोनाको डरले खोप लगाएका छन् । त्यस भन्दा पहिले बृद्धबृद्धाहरुलाई लगाउनका लागि आएको खोप लगाउने अत्यन्त कम मात्रै थिए ।
जिल्लामा पूर्ण मात्र खोप लगाउनेहरु ७४ हजार ९ सय ३० जना रहेका छन् । अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका दश वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उहाँले वताउनुभयो ।
पहिले खोपको चरम अभाब भएपनि अहिले भने त्यसको समस्या छैन । जिल्लाका दश वटै स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउनेको सख्या दिनहुँ बढ्दै गएको छ । पहिलो खोप लगाएकाहरु मध्य कोभिशिल्ड खोप लगाउनेहरुलाई मात्र खोप आउन बाँकी रहेको र भेरोसेल खोप लगाउनेहरुलाई भने दोस्रो मात्र लगाउनुपर्ने समयमै लगाइ राखिएको उहाँले वताउनुभयो ।
मकवानपुर जिल्लामा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन नपाएका १७ हजार जानलाई एस्ट्राजेनेका खोप लगाइएको छ । पहिले बृद्धबृद्धालाई भनेर आएको खोप धेरैजसो युवा पुस्ताले लगाएका थिए ।