• मकवानपुरगढी गाउँपालिका

सामाजिक सञ्जालले भाईरल बनाएको जोडी झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिदै

हेटौडा टुडे
९ भाद्र २०७८, बुधबार १५:०२

हेटौँडा/ मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर– १ को वीचमा रहेको बुङ्दल सीमामा अवस्थित प्राकृतिक झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यस भन्दा अघि गुमनाम रहेको झरनालाई पर्यटकीय गन्तब्यका रुपमा अगाडी वढाइने भएको छ । दुबै गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थलगत रुपमा अवलोकन गरेपछी यस क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा अगाडी वढाउन तयार गरिएको छ  । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । त्यसैले यी झरनामा रमाइलो गर्न आउने पर्यटकको सङ्ख्या समेत क्रमशः बढ्दै गएको छ । मकवानपुर सहित आसपासका जिल्लाबाट दैनिक करिब ५ सय देखि ६ सय पर्यटकहरु घुम्न आउने गरेका छन, बिशेष गरि साताको शनिबार अत्याधिक भीड हुने गरेको गढी गाउँपालिका वडा नंम्बर ५ का वडाध्यक्ष जीत बहादुर घिमिरेले हेटौँडा टुडेलाई जानकारी दिनुभयो ।

दुई गाउँपालिकाको बीचमा रहेको झरनालाई जोडी झरनाको रुपमा चिनिन्छ । हेटौँडा बजार क्षेत्रको खानेपाीको मुख्य मुहान रहेकाले व्यवस्थापन गर्ने चुनौती रहेकाले यस मुहानलाई  सुरक्षित राख्न र त्यस ठाउँको सरसफाईमा ध्यान दिने, यहाँ शौचालय निर्मार्ण गरिने साथै यहाँ आएर नुहाउने पर्यटकहरुलाई लुगा फेर्ने स्थानको निमार्ण गर्ने र वनभोज क्षेत्रको रुपमा विकास गरिने गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाँईले हेटौँडा टुडेलाई बताए । सामाजिक सञ्जालमा झरनाको तस्वीर राखेर प्रचार गरेपछि आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् । झरना तथा यहाँ खिचिएका तस्वीर राख्ने क्रम सँगै झरनाले चर्चा पाएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

यस झरनामा हेटौंडा उपमहानगरपालिका, गढी, भीमफेदी लगायतका क्षेत्रका नागरिकहरु घुम्नका लागि जाने गरेका छन् । विदाको समयमा यहाँ फोटो खिचाउन र पानीमा रमाउनेहरु धेरै हुने गरेको स्थानीय वासिन्दाहरुले वताएका छन् । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष र भीमफेदी गाउँपालिकाका अध्यक्ष र  उपाध्यक्ष  लगायतकाको टोलीले बुङ्दलको झरनाको निरिक्षण गरेपछी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि दुबै गाउँपालिकाले खर्च गर्ने भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*