हेटौँडा/ मकवानपुर प्रहरीले अवैध लागुऔषध सहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नंम्बर-८ बुढिचौर बस्ने ४१ वर्षका अम्बर बहादुर घिसिङ रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वेर रिमालले जानकारी दिए ।
बुधबार मकवानपुरको थाहा नगरपालिकपा वडा नंम्बर-३ दोबाटो स्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फ जाँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनि ट्रकलाई रोकि चेकजाँच गर्दा उक्त ट्रकमा आलुको बोरा लोड रहेको बिच भागमा लुकाई छिपाई ल्याएको ८ वटा पोकामा लागुऔषध गाँजा जम्मा १०४ किलो फेला बरामद गरेको हो ।
उक्त बरामद लागुऔषध सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्

















