
हेटौँडा/ हेटौँडा उपमहानगरपालिका वडा नंम्बर १६ मा बञ्चरो प्रहारबाट एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नंम्बर १६ बस्ने ६४ बर्षीय मान बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३२ गते सोहि ठाउँ बस्ने ४० बर्षीय राज कुमार मुक्तान (ठुलो सार्की) लाइ घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रजालाई के, कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने विषयमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्