हेटौँडा-६ मा भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाईदै

हेटौंडा टुडे
१० भाद्र २०७८, बिहीबार १६:४६

हेटौँडा/ हेटौंडा स्वास्थ्य चौकी चौघडाले सूचना जारी गर्दै कोरोनाविरूद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने जानकारी दिएको छ । स्वास्थ्य चौकीमा साउन २२ गतेसम्म पहिलो डोज लगाएका सेवाग्राहीलाई भदौ १३ गते आइतबार र त्यो दिन छुटेका र साउन २४ र २६ गते लगाएकाहरूलाई भदौ १५ गते दोस्रो डोज लगाइने स्वास्थ्य चौकी प्रमुख टिएन ढुंगेलले जानकारी दिए । त्यस्तै अनलाइन दर्ता भइ यसअघि पहिलो डोज खोप नलगाएका १८ बर्ष माथिका सेवाग्राहीलाई भदौ १६ गते खोप लगाइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*