मकवानपुरमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु, दुई जना घाईते

हेटौडा टुडे
११ भाद्र २०७८, शुक्रबार ११:५०

हेटौँडा/ मकवानपुरको राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली लम्पटार १ बस्ने २८ वर्षीय भोजराज बस्नेत रहेको रघाईते हुनेहरुमा चालक मोरङ सुन्दरहरैचा ८ बस्ने ३१ वर्षीय राजन बास्कोटा र ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । घाईते भएका बास्कोटाको चुरेहील अस्पतामा उपचार भईरहेको छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली गएर मुचुल्का उठाउन काम भइरहेको जनाइएको छ। शुक्रबार बिहान फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नंबरको आईचर ट्रक आफै अनियन्त्रित भई खोला मा खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*