पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना पुष्टि, १२ जना संक्रमणमुक्त

हेटौँडा/ मकवानपुरमा कोरोना संक्रमितको संख्या दिनँहु थपिदै गएको छ । गत बुधबारदेखिको तथ्याङ्कलाई हेर्ने हो भने बुधबार, बिहिबार र शुक्रबार क्रमशः ३४, ३५ र ५५ रहेका छन । यसैगरी जिल्लामा शुक्रबार संक्रमितको संख्या ५५ रहेको छ । यसरी तिन दिनको तथ्याङ्क हेर्दा मकवानपुरमा संक्रमित दर उकालो लाग्ने क्रममा देखिएको छ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १०९ जनाको पिसिआर बिधिबाट र ३३ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ५० र एन्टिजेनबाट गरी जम्मा ५ जनामा गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ६ सय ७६ रहेको छ।
त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना मुक्त भएका छन।